एकीकृत समाजवादीको बैठकमा घनश्याम भुसाल

File Photo
File Photo

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा घनश्याम भुसाल पनि सहभागी भएका छन्।

आलोकनगरस्थित केन्द्रीय पार्टी कार्यालयमा जारी सचिवालय बैठकमा भुसाल पनि सहभागी भएका हुन्। एमाले त्यागेपछि भुसाल एकीकृत समाजवादीको बैठकमा पहिलोपटक सहभागी भएका हुन्।

उनलाई एकीकृत समाजवादीले महासचिव बनाउने सर्त छ। सोही सर्तअनुसार बिहीबार सचिवालय बैठकमा भुसाल सहभागी भएका हुन्। 

जारी बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ। विशेषगरी बैठकमा राष्ट्रपतिको निर्वाचन र राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन केन्द्रित छलफल भइरहेको छ।

प्रकाशित मिति: : 2023-02-02 13:24:00

प्रतिकृया दिनुहोस्