रवि लामिछाने अनागरिक होइनन् : रविन्द्र मिश्र

File Photo
File Photo

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले रवि लामिछाने अनागरिक नरहेको टिप्पणी गरेका छन्।

धेरैले रवि लामिछाने अनागरिक, राज्य विहिन भएको टिप्पणी गरेको देखिएको भन्दै मिश्रले उनी अनागरिक, राज्यविहीन नभएको टिप्पणी गरेका हुन्।

मिश्रले नेपालको संविधान, पृष्ठ ४ मा 'नेपालको नागरिकता प्राप्त गर्न योग्य व्यक्तिहरू नेपालको नागरिक हुने भन्दै उनी अनागरिक, राज्यविहीन नभएको सामाजिक सञ्जालमा लेखेका छन्।

उनले लेखेका छन्, 'धेरैले रवि लामिछाने अनागरिकरराज्य विहिन भएको टिप्पणी गरेको देखियो। नेपालको संविधान, पृष्ठ ४ मा 'नेपालको नागरिकता... प्राप्त गर्न योग्य व्यक्तिहरू नेपालको नागरिक हुनेछन्' लेखिएको छ। उनी नागरिकता प्रमाणपत्र प्राप्त गर्न योग्य नेपाली नागरिक हुन्। तसर्थ उनी अनागरिक र राज्यविहीन होइनन्।'

प्रकाशित मिति: : 2023-01-28 14:28:00

प्रतिकृया दिनुहोस्