राष्ट्रियसभाको उपनिर्वाचन : एमालेका कुमार दसौंदीले गरे मनोनयन दर्ता 

लुम्बिनी प्रदेशअन्तर्गत हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि नेकपा एमालेका कुमार दसौंदीले उम्मेदवारी मनाेनयन दर्ता गरेका छन्।

बुधबार १ बजे सत्तारूढ दलको तर्फबाट निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गरेका हुन्। दसौंदीको समर्थकमा राप्रपाकी प्रदेशसभा सदस्य मिना कुमारी श्रेस्ठ र प्रस्तावकमा गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोख्रेल रहेका छन्।

मनोनयन दर्तामा लुम्बिनीका मुख्यमन्त्री लिला गिरी र एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य छबिलाल बिश्वकर्मा पनि पुगेका थिए।

यता नेपाली कांग्रेसबाट रोल्पाका माधवप्रसाद आचार्यले उम्मेदवारी दिँदै छन्। राष्ट्रियसभा सदस्यका लागि माघ २५ गते उपनिर्वाचन हुँदैछ।

नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्राईले राजिनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन थालेको हो।

प्रकाशित मिति: : 2023-01-25 14:17:00

प्रतिकृया दिनुहोस्