राष्ट्रियसभा उपनिर्वाचनमा भिड्दै दुई राेल्पाली, कसले मार्ला बाजी?

BreaknLinks
BreaknLinks

लुम्बिनी प्रदेशअन्तर्गत राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा नेकपा (एमाले)बाट कुमार दसौंदी र नेपाली कांग्रेसबाट माधवप्रसाद आचार्यले उम्मेदवारी दिँदैछन्।

माघ २५ गते हुने उपनिर्वाचनका लागि बुधबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ। त्यसको लागि एमाले र कांग्रेसले उम्मेदवारको नाम टुंगो लगाएका हुन्। 

दसौंदी एमालेका केन्द्रीय सदस्य हुन् भने आचार्य नेपाली कांग्रेस रोल्पाका पूर्वसभापति हुन्।

एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको सिटमा उपनिर्वाचन हुन लागेको हो। 

लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३०५ रहेको छ। प्रदेश सांसदको संख्या ८७ जना  र पालिका प्रमुख–उपप्रमुखको संख्या २१८ जना छन्।

एमाले स्रोतका अनुसार दसौंदीलाई सातदलीय सत्ता गठबन्धनको साथ छ।

प्रकाशित मिति: : 2023-01-25 12:25:00

प्रतिकृया दिनुहोस्