रहेनन् प्रेमप्रसाद आचार्य !

नयाँ बानेश्वरस्थित संघीय संसद भवनअगाडि आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास गरेका प्रेमप्रसाद आचार्यको उपचारकाे क्रममा निधन भएकाे छ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत ३६ वर्षीय आचार्यकाे बुधबार बिहान निधन भएकाे अस्पतालका डा.किरण नकर्मीले बिएल नेपाली सेवालाई जानकारी दिए।

मंगलबार दिउँसाे आत्महत्याकाे प्रयास गरेका उनलाई प्रहरीले उद्दार गरेर उपचारकाे लागि साे अस्पतालमा पुर्‍याएकाे थियाे। व्यापार व्यवसायमा लागेका प्रेमकाे घर इलाम हाे।

उनले सामाजिक सञ्जालमा लामाे स्टाटस लेखेर आत्महत्याकाे प्रयास गरेका थिए। उनले सामाजिक सञ्जालमा आफू आर्थिक संकटमा परेर असफल हुँदै गएपछि उपायहीन भएर यो निस्कर्षमा पुगेको उल्लेख गरेका छन्।

‘आज ३६औँ वसन्त पार गरी सक्दा पनि गरिएका कर्मबाट केही उपलब्धी हासिल गर्न नसकेको तितो सत्यलाई ओकल्दै मैले यो देशमा पढ्दा, जागिर खाँदा, व्यापार गर्दा, बैदेसिक रोजगारमा जाँदा एवम् उद्योग चलाउँदा भोग्नु परेका समस्या र ती समस्याहरुबाट पाएको शून्य उपलब्धी आज सरसरती यो सामाजिक सञ्जालमा लेख्ने अनुमती चाहान्छु, यो एक आत्मवृतान्त पनि हो र मेरो असफलताको कथा पनि हो,’ प्रेमले सामाजिक सञ्जालमा लेखेका थिए।

उनले आत्मवृतान्त बताएको स्टाटसमा आफ्नाे असफलता र आर्थिक संकटबारे उल्लेख छ।

प्रकाशित मिति: : 2023-01-25 09:42:00

प्रतिकृया दिनुहोस्