नयाँ बानेश्वरस्थित संघीय संसद भवनअगाडि एक व्यक्तिले शरीरमा आगो लगाएर आत्महत्याको प्रयास गरेका छन्।
नयाँबानेश्वर चोकबाट तीनकुनेतर्फ जाने सडकखण्डको संसद भवनअगाडि उनले आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाएका हुन्।
आत्महत्याको प्रयास गर्ने इलाम घर भएका ३६ वर्षीय प्रेम प्रसाद आचार्य रहेकाे प्रहरीले जनाएकाे छ। उनलाई प्रहरीले उद्धार गरेर उपचारका लागि बर्न अस्पताल कीर्तिपुर पठाएको छ।
उनले आत्मदाह प्रयास गर्नुको कारण नखुलेकाे र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।