होन्डाद्वारा नयाँ अफर सार्वजनिक

होन्‍डा कम्पनीले नेपाली बजारको लागि नयाँ  दुई अफर सार्वजनिक गरेको छ। कम्पनीले सोमबार  कार्यक्रमगर्दै ‘होन्डा ९९ घण्टा अफर’ र ‘होन्डा रु १ अफर’ सार्वजनिक गरेको हो। 

नेपालको लागि दुई पांग्रे होन्डाको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रा.लि हो। कम्पनीले उक्त अफरहरू होन्डाको बाइक साइन र स्कुटर ग्राजियाको लागि सार्वजनिक गरेको हो। 

होन्डा ९९ घण्टा अफरअन्तर्गत ग्राहकहरूले साइनको कुनै पनि स्पेयर पार्टस् अर्डर गरेको ९९ घण्टा भित्रै पाउन सक्नेछन्। यसो नभएको अवस्थामा कम्पनीले ग्राहकहरूबाट उनीहरूले चाहेको रकम लिने हाेन्डाले बताएको छ।

प्रकाशित मिति: : 2023-01-23 15:57:00

प्रतिकृया दिनुहोस्