प्रदेशहरूमा मन्त्रालय घटाउँदैछौं: प्रधानमन्त्री प्रचण्ड

File photo
File photo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशहरूमा रहेकाे मन्त्रालयको संख्या घटाउने बताएका छन्।

सोमबार सुदूरपश्चिम प्रदेशका मन्त्री, सांसद र नेताहरूको टोलीसँग कुरा गर्दै उनले प्रदेशहरूमा रहेकाे मन्त्रालयको संख्या घटाउने बताएका हुन्। 

उनले खर्चभार कतौती गर्न आफूले प्रस्ताव गरिसकेको र सोहीअनुसार केही प्रदेशहरूमा मन्त्रालयको संख्या घटाइएको र संख्या घटेसँगै खर्चभार कटौती हुँदै जाने बताए।

‘प्रदेशहरू आफैंमा स्वायत्त तह हुन्। उनीहरूले कसरी काम गर्ने भन्ने कुरा संविधानमा नै प्रष्ट छ। त्यसमा केन्द्रले अनावश्यक हस्तक्षेप गर्नु हुँदैन, हामीले गर्दैनौँ पनि। तर प्रदेशका संरचना भद्दा हुँदा प्रशासनिक खर्च बढेको, वित्तिय सुशासन कायम हुन नसकेको जनगुनासोबारे हामी सचेत छौँ। यसलाई पारदर्शी र मितव्ययी बनाउन जरूरी छ,’ प्रधानमन्त्री प्रचण्डले भने।

प्रकाशित मिति: : 2023-01-23 10:41:00

प्रतिकृया दिनुहोस्