सोविता गाैतमले राखिन् उपसभामुखमा रानालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोविता गौतमले सांसद इन्दिरा रानालाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव गरेकी छन्।

प्रतिनिधिसभाकाे शनिबार जारी बैठकमा सांसद गौतमले उपसभामुखमा रानालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी हुन्।

राना सत्ता गठबन्धनकी साझा उम्मेदवार हुन्। रानाको प्रस्तावकमा रास्वपाका सोविता गौतम र समर्थकमा नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ, नेकपा(माओवादी केन्द्र)का नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङदेन छन्।

प्रकाशित मिति: : 2023-01-21 13:39:00

प्रतिकृया दिनुहोस्