प्रदेश १ मा मन्त्रालयको बाँडफाँड सकियो, कसले पाए कुन मन्त्रालय ?

फाइल तस्बिर
फाइल तस्बिर

प्रदेश १ सरकारमा विना विभागीय मन्त्रीहरुले जिम्मेवारी पाएका छन्।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकपश्चात प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीहरूलाई मन्त्रालयको जिम्मेवारी तोकेका हुन्।

बैठकले प्रदेशमा कायम रहेका १३ वटा मन्त्रालयलाई घटाएर ९ बनाएपछि विना विभागीय मन्त्रीहरुलाई मन्त्रालयको जिम्मेवारी दिइएको हो।

प्रदेशमा हाल मुख्यमन्त्री कार्कीसहित ७ मन्त्री छन्। कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय आफूसँगै राखेका छन्।

यस्तै एमालेका तिलकुमार मेन्यान्ग्बो खानेपानी तथा ऊर्जामन्त्री बुद्धिकुमार राजभण्डारी सामाजिक विकास मन्त्री बनेका छन्। 

माओवादीका दुर्गाप्रसाद चापागाईंले सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय र जीवन आचार्यले पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन्।

राप्रपाका भक्तिप्रसाद सिटौला उद्योग कृषि तथा सहकारीमन्त्री र जसपाकी निर्मला लिम्बुले स्वास्थ्य मन्त्रालयको जिम्मा पाएकी छन्।

प्रकाशित मिति: : 2023-01-20 20:47:00

प्रतिकृया दिनुहोस्