कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन्।

प्रदेशसभाको शुक्रबार दिउँसो बसेको बैठकमा मुख्यमन्त्री शर्माले २५ सांसदकाे समर्थनसहित विश्वासको मत प्राप्त गरेका हुन्।

उनले माओवादी केन्द्रको १३, एमालेको ९, नेकपा एकीकृत समाजवादीको एक, राप्रपाको एक र स्वतन्त्र सांसद (देवेन्द्रबहादुर शाही) एक गरी २५ मत प्राप्त गरेका हुन्। नेपाली कांग्रेसका १४ जना सांसदले भने विपक्षमा मतदान गरेका छन्।

प्रकाशित मिति: : 2023-01-20 15:43:00

प्रतिकृया दिनुहोस्