संसद बैठकमा विमान दुर्घटनासम्बन्धी शोक प्रस्ताव पारित

प्रतिनिधिसभाको आजको बैठकले पोखरामा गत आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनासम्बन्धी शोक पारित गरेको छ।

बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले प्रस्तुत गरेको उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।

काठमाडौँबाट पोखराका लागि प्रस्थान गरेको यती एयरलाइन्सको विमान आइतबार बिहान पोखरामा दुर्घटनाग्रस्त हुँदा चालक दलका चारसहित ७२ जनाको निधन भएको थियो। दुर्घटनामा निधन भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैठकमा मौनधारण गरिएको थियो।

यसअघि आजकै बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले विमान दुर्घटनाका बारेमा सदनलाई जानकारी गराएका थिए। प्रतिनिधिसभाको अर्को बैठक यही माघ ७ गते शनिबार अपराह्न १ बजे बस्नेछ।

प्रकाशित मिति: : 2023-01-19 15:40:00

प्रतिकृया दिनुहोस्