मधेश आन्दोलनमा सहिद भएकाप्रति संसदमा उठेर श्रद्धाञ्जली व्यक्त

प्रतिनिधिसभाको जारी बैठकमा मधेश आन्दोलनमा सहिद भएकाप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ।

सभामुख चयन प्रक्रिया अघि बढिरहँदा जनमत पार्टीका संसदीय दलका नेता चन्द्रकान्त राउत (सिके राउत)ले मधेश आन्दोलनमा सहिद भएकाप्रति उठेर श्रद्धाञ्जली व्यक्त गर्न आग्रह गरे। त्यसपछि सांसदहरुले उठेर सहिदप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्।

सहिदप्रति पनि विभेद भएको भन्दै उनले आक्रोश पनि व्यक्त गरेका थिए। सरकार गठनका बेलामात्र राष्ट्रिय सहमतिको मात्र कुरा उठ्ने गरेको भन्दै उनले मधेशी, थारुसहितलाई बाहिर राखेर राष्ट्रिय सहमति नहुने बताए। 

प्रकाशित मिति: : 2023-01-19 13:40:00

प्रतिकृया दिनुहोस्