सभामुखका लागि कांग्रेसबाट ईश्वरी न्यौपानेकाे उम्मेदवारी दर्ता

प्रतिनिधिसभाको सभामुख पदका लागि नेपाली कांग्रेसबाट ईश्वरी न्यौपानेले उम्मेदवारी दर्ता गराएकी छन्।

बुधबार नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन्।

उनको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थक एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश ज्वालाले गरेका छन्। 

न्यौपाने सभामुख र उपसभामुखको अनुपस्थितिमा सभाध्यक्षता गर्ने अध्यक्ष मण्डलकी सदस्य पनि हुन्। उनी यसअघि कांग्रेसको प्रमुख सचेतक भइसकेकी छिन्।

प्रकाशित मिति: : 2023-01-18 15:33:00

प्रतिकृया दिनुहोस्