लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखले लिए पद तथा गोपनीयताको शपथ

लुम्बिनी प्रदेशका नवनिर्वाचित सभामुख र उपसभामुखले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

प्रदेश प्रमुख अमिक शेरचनले सभामुख तुलाराम घर्ती मगरलाई शपथ ग्रहण गराएका हुन्।

सभामुख घर्ती मगरले शपथ ग्रहण गरेपछि उनले उपसभामुख मेनुका खाँड केसीलाई शपथ ग्रहण गराएका थिए। प्रदेश प्रमुखको कार्यालय बुटवलमा बुधबार दिउँसो १ बजे बजे शपथ ग्रहण समारोह आयोजना गरिएको थियो।

मंगलबार बसेको प्रदेशसभाको बैठकले सभामुख र उपसभामुख निर्वाचित गरेको थियो।

प्रकाशित मिति: : 2023-01-18 15:06:00

प्रतिकृया दिनुहोस्