सभामुखमा एमालेका देवराज घिमिरेले दर्ता गरे उम्मेदवारी 

प्रतिनिधिसभाको सभामुख पदमा नेकपा एमालेका सांसद देवराज घिमिरेले उम्मेदवारी दर्ता गराएका छन्।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनको ल्होत्से हलमा व्यवस्था गरिएको निर्वाचन अधिकृतकको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्।
उनले सत्ता साझेदार दलका तर्फबाट सभामुखका लागि उम्मेदवारी दर्ता गराएका हुन्।

घिमिरेको प्रस्तावकमा एमाले नेता एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ छन् भने समर्थकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने रहेका छन्।

प्रकाशित मिति: : 2023-01-18 13:12:00

प्रतिकृया दिनुहोस्