बाग्मति प्रदेशका उपसभामुखमा तीन उम्मेदवार

File photo
File photo

बाग्मती प्रदेशको उपसभामुखका लागि तीनजनाको उम्मेदवारी परेको छ।

आज ३ बजे हुन गईरहेको उपसभामुख निर्वाचनका लागि नेकपा एमाले, नेपाली कांग्रेस र नेमकिपाका तीन उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्। 

जस अनुसार एमालेवाट अप्सरा चपागाई, कांग्रेसवाट सुना परियार तथा नेमकिपावाट गीता काफ्लेको उम्मेदवारी परेको छ। तीनै जनाको उम्मेदवारका मत चयन प्रक्रिया आज अपरान्ह ३ बजेवाट सुरु हुने प्रदेश संसद सचिवालयले जनाएको छ।

प्रकाशित मिति: : 2023-01-16 11:31:00

प्रतिकृया दिनुहोस्