मकर सङ्क्रान्तिका अवसरमा राष्ट्रपति भण्डारी सुनसरी जाने

File photo
File photo

राष्ट्रपति विद्यादेवी भण्डारी आज सुनसरी जिल्लाका पिण्डेश्वर, बुढासुब्बा, चतराधाम र बराहक्षेत्र जाँदै छिन्।

आज मकर सङ्क्रान्तिका अवसरमा दर्शन तथा पूजाआजाका लागि राष्ट्रपति भण्डारी ती धार्मिक तथा सांस्कृतिक क्षेत्रमा जान लागेकी हुन्। 

उनी केहीबेरमा काठमाडौँबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत बराहक्षेत्र पुग्ने र त्यसपछि अन्य धामको दर्शन तथा पूजामा लाग्ने राष्ट्रपति कार्यलयले जनाएकाे छ। 

प्रकाशित मिति: : 2023-01-15 10:44:00

प्रतिकृया दिनुहोस्