वामदेव गौतमकाे प्रश्न- गठबन्धन गरेपछि किन पार्टी चाहियो ?

File Photo
File Photo

राष्ट्रियसभा सदस्य वामदेव गौतमले राजनीतिक दलहरुले गठबन्धन गरेर नागरिक स्वतन्त्रताको हनन गरेको टिप्पणी गरेका छन्।

शुक्रबार बसेको राष्ट्रियसभाको बैठकको विशेष समयमा बोल्दै उनले भने, 'गठबन्धन गरेपछि किन पार्टी चाहियो? विसं २०७४ को निर्वाचन र हालै सम्पन्न निर्वाचनमा पनि गठबन्धन गरियो, जसले गर्दा जनताले कुन दल र कस्ता एजेण्डालाई छनोट गर्ने भन्ने अधिकार हनन भएको छ।'

उनले ठूला दलले गठबन्धन गर्दा नागरिक स्वतन्त्रताको अधिकार हनन भएको दाबी गरे।

सांसद गौतमले कांग्रेसले सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय सकारात्मक रहेको बताए। उनले पछिल्लो राजनीतिक परिस्थिति र गठबन्धन सरकारलाई राजनीतिको महाभूकम्पको संज्ञा दिए।

प्रकाशित मिति: : 2023-01-13 14:30:00

प्रतिकृया दिनुहोस्