सकियो प्रचण्ड–ओलीबीचको छलफल  

फाइल तस्बिर
फाइल तस्बिर

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार दुई नेताबीच संघीय सरकारको मन्त्रालय भागवण्डा र प्रदेश सरकारको भागवण्डाको विषयमा छलफल भएको बताइएको छ। 

अब संघीय मन्त्रिपरिषदलाई पूर्णता दिने र सातवटै प्रदेश सरकार बनिसकेको अवस्थामा प्रदेश सरकारलाई पूर्णता दिने विषयमा उनीहरूबीच छलफल भएको बताइएको छ।

ओली र प्रचण्डबीच सभामुख र उपसभामुखको निर्वाचन, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको विषयमा समेत छलफल भएको छ। 

प्रकाशित मिति: : 2023-01-12 20:35:00

प्रतिकृया दिनुहोस्