नेपाल प्रहरीका १७ जना डीआईजीको काज सरुवा, को कहाँ ? (सूचीसहित)

File Photo
File Photo

नेपाल प्रहरीका १७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरूको काज सरुवा भएकाे छ।

प्रहरी प्रधान कार्यालयले बिहीबार अर्काे आदेश नभएसम्मका लागि भन्दै उनीहरुलाई काज सरुवा गरेको हो।

कार्यालयले गरेको काज सरुवाको पत्राचारअनुसार प्रहरी प्रधान कार्यालयका डीआईजी दीपक थापालाई बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा पठाइएकाे छ। त्यस्तै अशोक सिंहलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीमा खटाइएकाे छ।

प्रहरी प्रवक्ता टेकप्रसाद राईले लुम्बिनी प्रदेशको प्रहरी प्रमुखकाे जिम्मेवारी पाएका छन्।

यसैगरी डीआईजी बसन्तबहादुर कुँवरलाई मधेश प्रदेश प्रहरी कार्यालय, पोषराज पोख्रेललाई प्रहरी महानिरीक्षकको सचिवालय, भीमप्रसाद ढकाल कर्णाली प्रदेश कार्यालय पठाइएकाे छ भने मधेशका प्रहरी प्रमुख मसाउद आलम खाँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा ल्याइएको छ।

बुद्धिराज गुरुङ गण्डकी प्रदेश प्रमुख कार्यालय, श्यामलाल ज्ञवाली प्रदेश १ प्रहरी कार्यालय विराटनगर, किरण राणा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र सुदीप गिरी विशेष ब्युरोमा सरुवा गरिएको छ।

प्रकाशित मिति: : 2023-01-12 15:00:00

प्रतिकृया दिनुहोस्