काठमाडौंको कमलपोखरीमा रहेको शानदार म:म पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका २ जनाको मृत्यु भएको छ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए।
उनका अनुसार घाइतेको सोमबार मृत्यु भएको हो। माघ २३ गते शानदार म:ममा ग्यास लिक भएर आगलागी भएको थियो। आगलागीबाट ११ जना कामदार घाइते भएका थिए। जसमध्ये दुई जनाको मृत्यु भएको हो।