ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। 

गोरखा महोत्सवलाई सम्बोधन गरेर काठमाडौं आइपुगेका उनी बुधबार बालकोट पुगेका हुन्। 

सत्ता साझेदार दलहरुबीच मन्त्रालय नफुटाउने सहमति भइसकेको उनीहरुबीच समसामयिक राजनीतिक घटनाक्रमबारे वार्ता भएको बताइएको छ।

प्रकाशित मिति: : 2023-01-11 18:56:00

प्रतिकृया दिनुहोस्