सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका रावल नियुक्त

File Photo
File Photo

सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र रावल नियुक्त भएका छन्।

प्रदेश प्रमुख देवराज जोशीले रावललाई संविधानको धारा १६८ को उपधारा(२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

रावललाई नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थन रहेकाे छ।

प्रकाशित मिति: : 2023-01-11 17:31:00

प्रतिकृया दिनुहोस्