महोत्सवकाे उद्घाटन गर्न हेलिकोप्टर चढेर गोरखा लागे प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गोरखा महोत्सव उद्घाटन गर्न हेलिकोप्टर चढेर त्यसतर्फ लागेका छन्।

पृथ्वी जयन्तीको अवसरमा गोरखा उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड बुधबार गोरखा गएका हुन्।

माओवादी केन्द्र निकट वाईसीएलको भेलालाई सम्बोधन गरिसकेपछि प्रधानमन्त्री माओवादी, कांग्रेसका सांसदहरूसहित गोरखा गएका हुन्।

प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधान तथा भौतिक योजना तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे र नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंलगायत गएका छन्।

प्रकाशित मिति: : 2023-01-11 13:40:00

प्रतिकृया दिनुहोस्