केही सञ्चार माध्यमले सुनियोजित रुपमा चरित्र हत्या गर्ने षड्यन्त्र गरे : प्रभु साह

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले केही सञ्चार माध्यमले सुनियोजित रुपमा चरित्र हत्या गर्ने षड्यन्त्र गरेको बताएका छन्।

रौतहट क्षेत्र नम्बर ३ का सांसदसमेत रहेका साहले पुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री पदमा नियुक्त गर्न समर्थन गरेका थिए भने उनले समर्थन कायम राखेका छन्। तर केही अनलाइन सञ्चार माध्यममा अध्यक्ष साहले प्रतिपक्षी बेन्च रोजेको समाचार सम्प्रेषण भएपछि साहले उक्त समाचारको खण्डन गर्दै सार्वजनिक रुपमा माफी माग्न ध्यानाकर्षण गराएका हुन्।

अध्यक्ष साहले आफ्नो फेसबुकमार्फत उक्त समाचार भ्रमपूर्ण र गैरजिम्मेवार भएको टिप्पणी गरेका छन्। उनले लेखेका छन्, 'मेरो नाम जोडी संसदको प्रतिपक्षमा बस्ने भन्नी आएको संसद सचिवालय र अनलाइन खबरको भ्रमपूर्ण, कपोकल्पित एवं गैरजिम्मेवारपूर्ण समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। यसरी मेरो चरित्र हत्याको दुस्प्रयास गर्नु खेदजनक विषय रहेकोले शिघ्र सार्वजनिक रुपमा माफी माग्दै तत्काल स्टेटमेंट/समाचारमा सुधार गर्न माग गर्दछु।'

प्रकाशित मिति: : 2023-01-09 10:51:00

प्रतिकृया दिनुहोस्