सत्ता गठबन्धनले टुंग्यायो मुख्यमन्त्रीको भागबण्डा, कुन प्रदेशको नेतृत्व कसलाई ?

सत्तारुढ गठबन्धन दलहरुबीच प्रदेशको नेतृत्वको भागबन्डामा सहमति जुटेको छ।

आइतबार साँझ बालुवाटारमा बसेको बैठकले प्रदेश सरकार गठनको बाँडफाँट टुंगााएको हो। 

मधेसमा पहिलो कार्यकाल जसपाले चलाउने भएको छ भने दोस्रो कार्यकाल जनमत पार्टीले चलाउने बताइएको छ। 

त्यसैगरी वाग्मतीमा पहिलो कार्यकाल माओवादीले नेतृत्व गर्नेछ र दोस्रो कार्यकाल एमालेले नेतृत्व गर्नेछ।

माओवादीले कर्णालीमा पूरै कार्यकाल माओवादीले चलाउनेछ भने सुदूरपश्चिममा पहिलो कार्यकाल एमालेले नेतृत्व गर्नेछ। 

त्यसैगरी प्रदेश १ मा भने नेकपा एमालेका हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन्।

 

प्रकाशित मिति: : 2023-01-08 21:06:00

प्रतिकृया दिनुहोस्