भव्य उद्घाटन गरिएकाे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकाे व्यवस्थापन अस्तव्यस्त

सरकारले धुमधाम तयारी गरेर गरेको पोखरा विमानस्थलको उद्घाटन भव्य भए पनि व्यवस्थापन भने अस्तव्यस्त भएको छ। चिनियाँ एक्जिम बैंकसँग २१ अर्ब ७० करोड रुपैयाँ ऋण लिएर बनाएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त रूपमा उद्घाटन भएको छ। विमानस्थल उद्घाटन गर्न पोखरा महानगरपालिकाले सार्वजनिक बिदा नै दिएको थियो।

पोखरामा सार्वजनिक बिदा भए पनि विमानस्थल उद्घाटन हेर्न आउने सर्वसाधारणको भीड विमानस्थलमा चर्को थियो। विमानस्थल निर्माण गराउने र सञ्चालन जिम्मा पाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै लगेर विमानस्थलको उद्घाटन गराएको छ। तर, विमानस्थल उद्घाटनको लागि भने सामान्यदेखि ठूला कमजोरीसमेत प्राधिकरणले गरेको छ।

प्राधिकरणले १ जनावरी २०२३ मा पोखरा विमानस्थल उद्घाटन गर्न काठमाडौँबाटै आन्तरिक उडानका जहाज प्रयोग गरेको छ। विमानस्थल अन्तर्राष्ट्रिय भए पनि आन्तरिक जहाजबाटै उद्घाटन भएको छ। आन्तरिक विमानस्थलबाट जहाज लगेर अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेको छ। विमानस्थल अन्तर्राष्ट्रिय भएपछि अन्तर्राष्ट्रिय उडान नै गर्नबाट प्राधिकरण चुकेको छ। यो विमानस्थलमा बुद्ध एयरले पोखराबाट भारतको वनारस उडान गर्ने भनेपनि भारतको अनुमति नपाउँदा विमानस्थल आन्तरिक जहाजबाटै उद्घाटन भएको छ।

विमानस्थल अन्तर्राष्ट्रिय भए पनि इस्टुमेन्टल ल्याण्डिङ सिस्टम (आइएलएस) प्रविधि छैन। प्रविधिको सहायताले उडान गर्ने व्यवस्था नै नभएको यो विमानस्थलमा अपरान्ह ४ बजेपछि उडान हुन सक्दैन्। अन्तर्राष्ट्रिय विमानस्थल भए पनि रात्री उडान हुन सक्दैन्। प्रविधिको सहायतले गर्नुपर्ने उडानको व्यवस्था नभएको कारण आँखाले हेरेरै गर्नुपर्ने भिजुअल फ्लाइटमात्रै हुन्छ। सोही कारण साँझ ढिलो हुँदा उडान हुँदैन भने बिहान पनि पूरै मौसम खुला हुनुपर्छ।

पोखरा अन्तर्राष्ट्रिय उद्घाटनको पहिलो दिनै ६ घण्टा उडान ढिलो भएको छ। विमानस्थल उद्घाटनको पहिलो उडान यति एयरलाइन्सले आइतवार विहान साढे ६ बजेको लागि तय गरेको थियो। सोहीअनुसार यात्रुको आगमन र पाहुँनासमेत बोलाएर यति एयरले उडान तयारी गर्‍याे। तर, जहाज भने मौसमको खरावीले उडान हुन सकेन। काठमाडौं विमानस्थल खुलेको भएपनि आइएलइस प्रविधि नहुँदा पोखरा १२ बजे खुलेपछि मात्रै उडान भएको थियो।

विमानस्थलमा प्रविधिको सहायताले हुने उडानको प्रविधि नभएकै कारण पहिलो दिनै ६ घण्टा उडान ढिलो भएको छ। सरकारले करिब २२ अर्ब खर्च गरेको यो विमानस्थलमा प्रविधिको सहायता लिएको भए विमानस्थलमा बिहानै उडान हुने थियो। जहाज उडान अवतरण पनि समयमा नै हुने थियो। आजबाट पोखराको पुरानो विमानस्थलका सबै जहाज नयाँमा आएका भए पनि उडान र अवतरणको व्यवस्था भद्रगोल देखिएको छ।

नयाँ विमानस्थलमा आइएलएस प्रविधि नहुँदा भएको ढिलाइले प्रधानमन्त्री पुष्पकमल दाहाललेसमेत ४० मिनेट कुरेर उडान गरेका छन्। दाहाल आइतबार बिहान बुद्ध एयरको विमानबाट पोखरा गएर विमानस्थलको उद्घाटन गरेको छन्। उनी ४ बजे बुद्धकै जहाजबाट काठमाडौं फर्किए।

काठमाडौंबाट जाने मिडिया सहिताको टोलिलाई बिहान ६ बजेदेखि ९ बजेसम्म विभिन्न जहाजबाट उडान गर्ने भनेर विमानस्थल बोलाइएको थियो। तर, पहिलो उडान नै १२ बजेपछि भएकोले पोखरामा समाचार संकलनमा जाने पत्रकारले समेत उद्घाटनको कार्यक्रम छुटाए। कतिपय पत्रकारले त अन्तिम सम्बोधन गरेर कार्यक्रम टुंगाएको मात्रै रिपोर्टिङ गर्न भ्याए।

बिहान उडान ढिलो हुने भए पनि पत्रकार तथा पाहुनाको टोलीलाई भोकभोकै पोखरा पुर्‍याएर बेलुका ५ बजेदेखि ७ बजेसम्म काठमाडौं उतारेको छ। प्राधिकरणको अस्तव्यस्ताले विमानस्थस्तल सञ्चालन पनि तेस्तै देखिन्यो।

बोडिङ पास लिएर खाजा खोज्नै भौतारिँदै

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको समाचार संकलन गर्न गएका मिडिया र प्राधिकरणको पाहुना जुन जहाजमा गएको त्यसैमा फर्कने व्यवस्था त थियो। तर, विमानस्थल उद्घाटनमा खाजा र खानाको व्यवस्था नहुँदा बिहान ८ बजेको उडान १२ बजे भएको र फर्कने तालिका साढे २ मा हुँदा पनि उडान ४ बजेपछि मात्रै भएको थियो। पोखरामा कार्यक्रम नै ढिलो भएको हुँदा ४ बजेको लागि उडानको टिकट काटेका र बोर्डिङ पास लिएका पत्रकार क्यान्टिन र खाजाको खोजिमा भौतारिँएका थिए। बोर्डिङ पास लिएपछि सामान्यतया विमानस्थलबाट बाहिर निस्कन पाइदैन। तर, आइतबार पोखरा पुगेको पाहुना भने बोर्डिङ पास हातमा बोकेर विमानस्थल बाहिर खाजा खान निस्किएका थिए। संयोगवस खाजा आएर आउँदा चेकजाँच भएकोले अन्तिम जाँच गरेर ति यात्रुले प्रवेश पाए।

सोही उडानमा भएका एक पत्रकारको भने टिकेट हुँदा पनि व्यवस्थापनको कमजोरीले उडान छुट्यो। उनको टिकटमा अर्कै व्यक्ति आउँदा साझँ ४ बजे गुण एयरलाइन्सबाट आउनुपर्ने एक व्यक्तिको वास पोखरामै भयो। त्यसो त प्राधिकरणले व्यवस्थापन मिलाउन नसक्दा र जहाज नपाउँदा करिब आधा दर्जन पत्रकार नै पोखरामै बस्न बाध्य भएका छन्।

विमानस्थल उद्घाटनको दिन र अन्तर्राष्ट्रिय विमानस्थल भए पनि प्राधिकरणको कमजोरीले न क्यान्टिन, न खाजा, न शौचालयमा पानी न त पाहुनाको वास्ताजस्ता लापरर्वाही थियो। आइतबार पोखरामा भेटिएका एक यात्रुको गुनासो थियो, विमानस्थल उद्घाटन गरेर कसलाई देखाउन हतारो ? भन्दै यात्रु नै असन्तुष्टि पोख्दै थिए।

प्रकाशित मिति: : 2023-01-03 18:20:00

प्रतिकृया दिनुहोस्