यातायात कार्यालयको अनुगमनमा मन्त्री श्रेष्ठ

उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार काठमाडौं उपत्यकाका यातायात कार्यालयको अनुमगन गरेका छन्।

सवारी चालक अनुमतिपत्र लिनदेखि विभिन्न सेवा प्राप्त गर्न सेवाग्राहीले सास्ती व्यहोर्नुपरेको गुनासो आइरहेका बेला उप्रधान तथा यातायात मन्त्री श्रेष्ठले मंगलबार एकान्तकुना, ठूलोभर्‍याङ र गुर्जुधारा यातायात कार्यालयको अनुगमन गरेका हुन्। सो क्रममा उनले सेवाग्राहीका गुनासो समेत सुनेका थिए। 

मन्त्री श्रेष्ठले यातायात व्यवस्था सुधार विषयमा सरकारले तत्काल काम थाल्नका लागि प्रदेश सरकारसँग छलफल गरिरहेको जानकारी दिएका थिए।

प्रकाशित मिति: : 2023-01-03 14:49:00

प्रतिकृया दिनुहोस्