नयाँ सरकारले नीति तथा कार्यक्रम नल्याएसम्म ‘पर्ख र हेर’काे अवस्थामै रहन्छाैँ: झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी) पार्टीले तत्काल सरकारमा नजाने बताएकाे छ।

पार्टीकाे केन्द्रीय कार्यालयमा सम्पन्न स्थायी कमिटी बैठककाे निष्कर्ष सुनाउँदै वरिष्ठ नेता झलनाथ खनालले आफ्नाे पार्टी तत्काल सरकारमा नजाने बताएका छन्।

‘हाम्राे पार्टीकाे स्थायी कमिटी बैठकमा अहिलेकाे नयाँ सरकारमा जानेबारे कुनै निर्णय भएकाे छैन,’ नेता खनालले भने,‘तत्काल हामी सरकारमा जाँदैनाैँ। याे सरकार कस्ताे हाे ? यसका नीति तथा कार्यक्रम कस्ता हुन् ? ती हेरेर मात्रै पछि निर्णय गर्छाैँ। अहिले हामी पर्ख र हेरकाे अवस्थामै बस्छाैँ।’

बैठकमा सहभागी अधिकांश नेताहरुले तत्काल सरकारमा जान नहुने धारणा राखेकाे उनकाे भनाइ छ।

प्रकाशित मिति: : 2023-01-01 18:38:00

प्रतिकृया दिनुहोस्