एमालेको लुम्बिनी प्रदेश संसदीय दलको नेतामा लिला गिरि चयन

File Photo
File Photo

नेकपा एमालेको लुम्बिनी प्रदेशको संसदीय दलको नेतामा लिला गिरि चयन भएका छन्।

आइतबार प्रदेशकाे राजधानी भालुवाङमा बसेकाे बैठकले गिरिलाई दलकाे नेता चयन गर्ने निर्णय गरेकाे हाे।

यसअघि महासचिव शंकर पाेखरेलले चेतनारायण आचार्यलाई दलकाे नेता बनाउन निकै जाेडबल गरेका थिए। तर, एमाले उपाध्यक्ष विष्णु पाैडेलले भने आफूनिकट नेतालाई दलकाे नेता बनाएका छन्।

बैठकमा महासचिव पाेखरेल र छविलाल विश्वकर्मा पनि सहभागी थिए।

गिरी लुम्बिनीकाे मुख्यमन्त्रीका प्रमुख दाबेदार हुन्। दलीय भागबण्डामा लुम्बिनी एमालेकाे भागमा परेकाे खण्डमा गिरि मुख्यमन्त्री बन्ने छन्।

रुपन्देहीको क्षेत्र नं. २ (१) बाट लुम्बिनी प्रदेशसभामा दोस्राे पटक निर्वाचित गिरिले तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हालेका थिए। हाल उनी एमाले पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेशका सह-इन्चार्ज छन्।

प्रकाशित मिति: : 2023-01-01 15:08:00

प्रतिकृया दिनुहोस्