महान्यायाधिवक्ता पाेख्रेलले पदभार ग्रहण गरे

महान्यायाधीवक्ता दिनमणि पाेख्रेलले पदभार ग्रहण गरेका छन्।

बिहीबार बिहान शीतल निवासस्थित राष्ट्रपति कार्यालय पुगेर पद तथा गाेपनियताकाे शपथ लिए लगत्तै महान्यायाधीवक्ता पाेख्रेलले पदभार ग्रहण गरेका हुन्।

प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति भण्डारीले बुधबार पोख्रेललाई महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन्।

अधिवक्ता पोख्रेल लामो समयदेखि माओवादी निकट रहेका कानुन व्यवसायमा संलग्न छन्। केपी ओलीले प्रतिनिधिसभा विघटन गर्दा पोख्रेलले प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा बहस गरेका थिए।

महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार हो।

भिडियाे:

प्रकाशित मिति: : 2022-12-29 13:05:00

प्रतिकृया दिनुहोस्