कांग्रेसले सवल प्रपिपक्षको भूमिका निर्वाह गर्छ: कोइराला

नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले कांग्रेसले अब सवल प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन्।

बिहीबार विराटनगरस्थित कोइराला निवासमा प्रदेशसभामा कांग्रेसबाट निर्वाचित संसदहरुको लागि आयोजित चियापान कार्यक्रममा बोल्दै उनले कांग्रेस अब सरकार र सडकमा थप सक्रिय बन्ने बताए। 

यस्तै उनले कांग्रेस आफैमा ठूलो पार्टी भएकोले सरकारमा नजाँदैमा नखुम्चिने बताए। ‘कांग्रेसका सरकारमा नजाँदैमा खुम्चिदैन्। हामी संसदमा ठुलो पार्टी छँदै छौँ। हामी प्रतिपक्षमा रहेर थप सक्रिय भूमिका निर्वाह गर्ने छौं,’ उनले भने।

हिजोका दिनमा भएका गलत कुराको आत्माआलोचना गर्दै अब बन्ने सरकारले गर्ने गलत कामबारे आफूहरुले कुरा उठाउने उनको भनाई छ। उनले भने, ‘गलतलाई गलत नै भन्ने हो त्यो आँट राखेर म अगाडि बढेको छु। नेपाली कांग्रेसकै सरकारको गलत कुरा पनि भनिएको हो अब पनि भन्ने हो।’

कांग्रेसकै कमजोरीका कारण नेकपा माओवादी केन्द्रले कांग्रेससँगको गठबन्धन छाडेर एमालेसँगको सहयोग लिएको उनले बताए।

प्रकाशित मिति: : 2022-12-29 12:08:00

प्रतिकृया दिनुहोस्