प्रदेश १ कांग्रेस संसदीय दलको नेता छान्न आज मनोनयन दर्ता

नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेता चयन गर्न आज उम्मेदवारी दर्ता हुँदैछ। आकांक्षी बढी भएपछि दलको नेता चयन गर्न कांग्रेसले निर्वाचन गर्न लागेको हो।

निर्वाचन समितिले जनाएअनुसार कार्यतालिकाको समयअनुरुप नै दिउँसो साढे १२ बजे मनोनयन दर्ता हुनेछ। बिहान ९ बजे मतदाता नामावली प्रकाशन गरिएको छ।

२ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन, दिउँसो २ देखि साढे २ बजेसम्म दावी विरोध, दिउँसो ३ देखि ४ वजे सम्म उम्मेदवारी फिर्ताको लागि समय निर्धारण गरिएको निर्वाचन समितिका संयोजक तथा प्रदेश उपसभापति रमेशजङ रायमाझीले जानकारी दिए।

दलको नेता चयन गर्न भोलि (शुक्रबार) मतदान हुनेछ। प्रदेश १ मा नेपाली कांग्रेसका २९ जना सांसद रहेका छन्। जसमा ९/९ जना संस्थापनको देउवा र सिटौला समूहका र ११ जना संस्थापन इतर समूहका रहेको दावी गरिएको छ।

संसदीय दलको नेतामा संस्थापनबाट पार्टीका प्रदेश १ सभापतिसमेत रहेका उद्धव थापा, भीम पराजुली, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की र अमृत अर्याल चुनावी दौडमा छन्।

प्रकाशित मिति: : 2022-12-29 11:29:00

प्रतिकृया दिनुहोस्