प्रधानमन्त्री प्रचण्डद्वारा माधव नेपाल र उपेन्द्र यादवसँग भेट

File Photo
File Photo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटघाट गरेका छन्।

भेटमा प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी हुन अनुरोध गरेको उनको सचिवालयले जनाएको छ।

यसैबीच प्रधानमन्त्री दाहालले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग पनि भेट गरेका छन्। यादवसँग पनि सरकारमा सहभागिताका विषयमा छलफल भएको जनाइएको छ।

जसपा अध्यक्ष यादवले पार्टी संसदीय दलको नेता चयनपछि सरकारमा सहभागिताका बारेमा निर्णय गरिने जवाफ दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित मिति: : 2022-12-28 11:40:00

प्रतिकृया दिनुहोस्