राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तोक्ने आयोगको तयारी

File Photo
File Photo

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तोक्ने तयारी गरेको छ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम नयाँ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति तोक्ने तयारी गरेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद पाठकले जानकारी दिए।

राष्ट्रपति तथा उपराष्ट्रपतिको पदावधि सकिनुभन्दा एक महिनाअघि नै निर्वाचनको मिति तोक्नुपर्ने प्रावधानका कारण निर्वाचनको मिति तोक्ने तयारी भइरहेको उनले बताए।

सहायक प्रवक्ता पाठकका अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन एकै पटक भने हुनै छैन। दुई वटा पदमा फरक लिङ्ग र समुदायबाट व्यक्तिहरू चुनिनु पर्ने कानूनी व्यवस्थाका कारण दुवै पदमा एकै पटक निर्वाचन नहुने भएको हो। आयोगले निर्वाचनको मिति तोकेपछि सरकारले सोको व्यवस्था मिलाउने छ।

प्रकाशित मिति: : 2022-12-27 16:54:00

प्रतिकृया दिनुहोस्