गण्डकीमा एमालेले खगराजलाई बनायो संसदीय नेता

फाइल तस्बिर
फाइल तस्बिर

गण्डकीमा नेकपा एमालेबाट संसदीय दलको नेतामा खगराज अधिकारी चयन भएका छन्।

आइतबार भएको सांसदको भेलाले अधिकारीलाई सर्बसम्मत रुपमा दलको नेता चयन गरेको हो।

योसँगै उनी गण्डकीको मुख्यमन्त्रीको दावेदारसमेत बनेका छन्। यसअघि कांग्रेस गठबन्धनमा रहेको माओवादी एमालेतिर मिलेसँगै गण्डकीमा एमालेको नेतृत्वमा सरकार बन्ने सम्भावना बढेको हो।

यहाँ एमालेको २२ र माओवादीको ८ सीट छ। २ सीट रहेको राप्रपा पनि सरकारमा जाने भएपछि ३२ सीट सहित तीन पार्टीको सरकार गण्डकीमा बन्ने भएको छ । यद्यपी माओवादीले पनि गण्डकीको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरेको छ।

प्रकाशित मिति: : 2022-12-25 19:52:00

प्रतिकृया दिनुहोस्