प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त, भोली ४ बजे सपथ

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेपालका नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को (२) अनुसार दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

राष्ट्रपतिले प्रधानमन्त्रीका लागि सात दिनभित्र दावी पेस गर्न दिएको समयसीमा भित्र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दावी पेस गरेका थिए। ‘प्रचण्ड’ले १ सय ६९ संसदकाे समर्थनमा प्रधानमन्त्रीकाे लागि दाबी पेश गरेका थिए।

प्रधानमन्त्रीमा नियुक्त प्रचण्डले साेमबार अपरान्ह ४ बजे सपथ लिने बताइएको छ । 

प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री भएका हुन् । यसअघि उनी २०६४ मा र २०७३ मा ९-९ महिना प्रधानमन्त्री भएका थिए। 

प्रकाशित मिति: : 2022-12-25 18:16:00

प्रतिकृया दिनुहोस्