कांग्रेससहित ३ दल सरकार बाहिर

File Photo
File Photo

नेपाली कांग्रेससहित ३ वटा दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बाहिर रहने भएका छन्।

नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकार बाहिर रहने भएका हुन्।

आमनिर्वाचनमा पहिलो शक्ति बने पनि नेपाली कांग्रेसले अन्य दलहरूसँग सहमति जुटाउन नसक्दा प्रतिपक्षमा बस्न बाध्य भएको हो।

एकीकृत समाजवादीको केन्द्रीय पदाधिकारी बैठकले नै सरकारमा नजाने निर्णय गरेको हो। प्रचण्ड नेतृत्वको सरकारलाई नेकपा एमालेसहित ७ दल तथा स्वतन्त्र सांसदहरूले समेत समर्थन गरेका छन्। 

प्रकाशित मिति: : 2022-12-25 17:56:00

प्रतिकृया दिनुहोस्