सत्ता गठबन्धनको बैठक बस्दै

फाइल तस्विर
फाइल तस्विर

नयाँ सरकार गठन र शक्ति समिकरणबारे छलफल गर्ने गरी सत्ता गठबन्धनमा रहेका दलहरूको बैठक आज ४ बजे बस्ने तयारी भएकाे छ।

गठबन्धन बैठकअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवाबीच छलफल हुने स्राेतकाे भनाइ छ। प्रचण्ड र प्रधानमन्त्री देउवाबीचकाे भेटपछि मात्रै गठबन्धनकाे बैठक बस्ने भनाइ छ।

यसअघि आजै बिहान कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी अध्यक्ष प्रचण्डलाई उनको निवास खुमलटारमा भेटेका थिए। सो क्रममा उनले हालको गठबन्धन यथाबत राख्न जोड दिएका थिए।

प्रकाशित मिति: : 2022-12-24 15:31:00

प्रतिकृया दिनुहोस्