देउवा भेट्न बालुवाटार पुगे प्रचण्ड

फाइल तस्बिर
फाइल तस्बिर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवासमा जारी भेटवार्तामा सरकार निर्माणबारे छलफल भइरहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए। छलफलमा माओवादीबाट प्रचण्ड मात्रै सहभागी रहेका छन्।

राष्ट्रपतिले सरकार गठनका लागि दिएको समय सकिनै लाग्दा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु शक्ति बाँडफाँडका विषय टुंग्याउन छलफलमा जुटेका हुन्।

प्रकाशित मिति: : 2022-12-23 19:43:00

प्रतिकृया दिनुहोस्