ओलीले बालकाेट बाेलाएर महिला सांसदहरूलाई सारी बाँडे

Balkot

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) का महिला सांसदहरूलाई बालकोट बोलाएर संसदीय मर्यादा सिकाउँदै एक–एक वटा साडी बाँडेका छन्।

बिहिबार संसद भवनको सपथग्रहण सकिएलगत्तै एमालेका २६ महिला सांसद ओलीनिवास बालकोट पुगे। उनीहरूले त्यहाँ संसदीय दलका नेता ओलीसँग चिनापर्ची गरे। महिला सांसदहरूले ओलीलाई बधाई तथा शुभकामना दिए।

कतिपय पूर्व महिला सांसदहरूप्रति कटाक्ष गर्दै उनले संसदीय दलका नेताको हरेक आदेश सांसदहरूले मान्नुपर्ने तर्क सुनाए।

प्रतिनिधिसभामा सबैभन्दा धेरै महिला सांसद एमालेले ल्याएको दाबी गर्दै ओलीले थप प्रभावकारी काम गर्न समेत आग्रह गरेका छन्।

उनले पत्नी राधिका शाक्यमार्फत् २६ जना महिला सांसदलाई साडी बाँडेका हुन्। नयाँ बानेश्वरमा ज्येष्ठ सदस्य पशुपति समशेर जबराद्वारा आयोजित चियापान नसकिँदै एमालेका महिला सांसदहरू ओलीनिवास बालकोट पुगेका थिए।

प्रकाशित मिति: : 2022-12-23 07:54:00

प्रतिकृया दिनुहोस्