किरण साह: संस्कृतमा सपथ लिने पहिलो सांसद

प्रतिनिधिसभामा स्वतन्त्र सांसद किरण साहले संस्कृत भाषामा सपथ लिएका छन्। 

मातृभाषामा सपथ लिनका लागि संसद सचिवालयले आह्वान गरेपछि रौतहट–२ बाट निर्वाचित स्वतन्त्र सांसद साहले संस्कृत भाषामा सपथ लिएका हुन्।

नेपालको संसदीय इतिहासमा संस्कृत भाषामा सपथ लिने साह सम्भवतः पहिलो र एक मात्र सांसद हुन्। सपथ ग्रहण समारोहमा भाग लिनुअघि उनी पशुपतिनाथको दर्शन गर्न पुगेका थिए।

प्रकाशित मिति: : 2022-12-22 16:23:00

प्रतिकृया दिनुहोस्