भावी राष्ट्रपतिमा माधव नेपालका नाम ‘इन्ट्री’

File Photo
File Photo

भावी राष्ट्रपतिका लागि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नामले प्रवेश पाएको छ।

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको सपथ ग्रहण समारोहमा सहभागी हुन पुगेका सांसदहरूले भावी राष्ट्रपतिको रुपमा नेपालको नाम प्रवेश गराएका हुन्।

अर्थमन्त्रीसमेत रहेका माओवादी केन्द्रका सांसद जनार्दन शर्माले राष्ट्रपतिमा नेपालको नाममा छलफल भइरहेको जनाएका हुन्।

‘भावी राष्ट्रपतिका लागि माधव नेपालको नाममा पनि छलफल भइरहेको छ,’ शर्माले खुलासा गरे। उनले सो छलफलमा कांग्रेस सांसद रामचन्द्र पौडेलको पनि नाममा छलफल भएको जनाएका छन्।

उता, सपथ समारोहमा सहभागीतापछि स्वयं नेपालले पनि भावी राष्ट्रपतिको रुपमा आफ्नो नाममाथि छलफल भइरहेको संकेत गरेका छन्।

उनले ०६४ र ०७० मा पनि राष्ट्रपतिका लागि आफ्नो नाममा छलफल भएको जनाउँदै ‘उमेर पुगेको’ टिप्पणी गरेका छन। तर, सञ्चारकर्मीले भावी राष्ट्रपतिमा तपाईको नाम चर्चामा आएको छ भन्ने प्रश्न गर्दा भने, ‘त्यस्तो अप्ठयारो प्रश्न नगर्नुहोस् न’ भनेर छलफल भईरहेको बिषयलाई पुष्टि गरेका छन्।

यद्यपि, उनले आफू अझै सक्रिय राजनीतिमा सहभागी हुने भन्न चाहिँ छुटाएनन्। 

प्रकाशित मिति: : 2022-12-22 16:22:00

प्रतिकृया दिनुहोस्