गठबन्धनकै सरकार बन्छ : प्रचण्ड 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनको नै सरकार बन्ने दाबी गरेका छन्।

प्रतिनिधिसभा सदस्यकाे  शपथ ग्रहण समारोहपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले सत्तारुढ गठबन्धनको नै सरकार बन्ने बताएका हुन्।

‘यही गठबन्धनको सरकार बन्छ,’ प्रचण्डले भने। अबको भावी प्रधानमन्त्री को बन्छ त? भन्ने प्रश्नमा प्रचण्डले छोटो उत्तर दिए, ‘हामी सल्लाह गर्दै छौं।’

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएकाे ७ दिनको समयसीमा घर्किन लागिरहेको बेला प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन्। आउँदाे आइतबार साँझ ५ बजेभित्र प्रधानमन्त्री पदकाे दाबी गर्न समय दिइएकाे छ।

प्रकाशित मिति: : 2022-12-22 15:44:00

प्रतिकृया दिनुहोस्