सांसदहरूको शपथअघि सर्वदलीय बैठक जारी

File Photo
File Photo

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ ग्रहणअघि सर्वदलीय बैठक सुरु भएको छ।

बिहीबार संसद भवन नयाँ बानेश्वरमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा सर्वदलीय बैठक सुरु भएको हो।

बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्रलगायतका दलका प्रतिनिधिको उपस्थिति छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सर्वदलीय बैठक अहिले पनि जारी छ। 

प्रकाशित मिति: : 2022-12-22 12:41:00

प्रतिकृया दिनुहोस्