राष्ट्रपति भण्डारीसमक्ष युएई, तान्जानिया र सर्वियाका राजदूतले बुझाए ओहदाको प्रमाणपत्र

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न तीन देशका राजदूतले आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन्। 

राष्ट्रपति भवन शीतल निवासमा मंगलबार छुट्टाछुट्टै नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई), तान्जानिया र सर्वियाका राजदूतले आ–आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका हुन्। 

नेपालका लागि युएई राजदूत अब्दुल्ला सइद मुवारक जरवन अलसामसी, ताञ्जानियाका कापुफी एमबेगा र सर्बियाका सिनिसा पेभिकले आ–आफ्नो ओहदाको प्रमाणपत्र राष्ट्रपतिसमक्ष बुझाएको  राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए। 

उनका अनुसार अलसामसी नेपालका लागि आवासीय र एमबेगा र पेभिक गैरआवासी राजदूतहरु हुन्।

प्रकाशित मिति: : 2022-12-20 17:20:00

प्रतिकृया दिनुहोस्