वामपन्थीको सरकार बन्दैन: माधव नेपाल

File photo
File photo

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले वामपन्थीको सरकार नबन्ने बताएका छन्। 

पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अहिले नै वामपन्थीको सरकार बन्ने अवस्था नरहेको बताए। 

पाँच दलीय गठबन्धनमा आवद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी नेतृत्वको सरकार बनाउन प्रयास थालेको भनिएका बेला अध्यक्ष नेपालको सो धारणा आएको हो। 

साथै अध्यक्ष नेपालले वामपन्थीइतरको मात्रै पनि सरकार नबन्ने दाबी गरे। पाँच दलीय गठबन्धनकै नेतृत्वमा नयाँ सरकार बन्ने बताएका उनले आपसी संवादबाट प्रधानमन्त्रीसहित शक्ति बाँडफाँट गर्नुपर्ने बताए। 
 

प्रकाशित मिति: : 2022-12-19 16:15:00

प्रतिकृया दिनुहोस्