कांग्रेस संसदीय दलको नेता चयनका लागि बुधबार चुनाव, यस्तो छ कार्यतालिका

File Photo
File Photo

नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आउँदो बुधबार मतदान हुने भएको छ।

कांग्रेस संसदीय दलको नेता तथा कार्यसमिति सदस्य निर्वाचन समितिले तय गरेको कार्यक्रमअनुसार दलको नेता चयन गर्न ६ पुस बुधबार बिहान ८ बजेदेखि बिहान १० बजेसम्म मतदान हुनेछ।

पुस ४ गते मतदाता नामावली प्रकाशन, ५ गते उम्मेदवारका लागि दरखास्त दिनेसहितका कार्यक्रम छन्।

यस्तो छ निर्वाचन कार्यतालिका

१. निर्वाचन हुने पद : नेपाली कांग्रेस संसदीय दलको नेता।

२. मतदाता नामावली प्रकाशन : २०७९ पौष ४ गते दिउँसो २ः०० बजे।
३. मतदाता नामावली उपर दावी विरोध (छुट वा सच्याउने) २०७९ पौष ४ गते २ः३० बजेदेखि ३ः०० बजेसम्म।
४. दावी विरोध उपर जाँचबुझ गरी अन्तिम नामावली प्रकाशन गर्ने : २०७९ पौष ४ गते दिउँसो ४ः०० वजे।
५. उम्मेदवारको लागि दरखास्त : २०७९ पौष ५ गते विहान ८ः०० वजेदेखि १०ः०० वजेसम्म।
६. उम्मेदवारको प्रथम नामावली प्रकाशन : २०७९ पौष ५ गते विहान १०ः३० वजे। ७. उम्मेदवारको दरखास्त उपर दावी विरोधी : २०७९ पौष ५ गते विहान ११ः०० वजेदेखि ११ः३० वजेसम्म।
८. दावी विरोध उपर जाँचबुझ गरी उम्मेदवारको दोस्रो नामावली प्रकाशन : २०७९ पौष ५ गते दिउँसो १२ः०० वजे।
९. उम्मेदवारले नाम फिर्ता लिने : २०७९ पौष ५ गते दिउँसो १२ः३० वजेदेखि दिउँसो २ः३० वजेसम्म।
१०. उम्मेदवारको अन्तिम नामावली प्रकाशन : २०७९ पौष ५ गते दिउँसो ३ः००
बजे।
११. मतदान : २०७९ पौष ६ गते विहान ८ः०० बजेदेखि १०ः०० बजेसम्म।

प्रकाशित मिति: : 2022-12-19 14:49:00

प्रतिकृया दिनुहोस्