कांग्रेस कार्यसम्पादन समितिको बैठक आज

फाइल तस्बिर
फाइल तस्बिर

सत्तासीन नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज आइतबार बस्दैछ। 

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकदिउँसो ३ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ। उनका अनुसार आमनिर्वाचनको परिणाम र अबको राजनीतिक कदमबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको हो।

बैठकमा संसदीय दलको निर्वाचन र आगामी सरकार गठनलगायत विषयमा समेत छलफल हुनेछ।

प्रकाशित मिति: : 2022-12-18 06:50:00

प्रतिकृया दिनुहोस्